बिहिबार, बैशाख १३, २०८१

ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु जलाए ७ वटा ट्रिपर

बिराटनगर । मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिले सम्म ७ वटा ट्रिपर जलाएका छन ।

सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए । चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेको प्रहरीले बताएकाे छ ।

सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दा समेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको छ । स्थानीयले सो क्षेत्रमा रहेको ६ वटा टिपर र एकवटा ट्रक जलाईसकेका छन । प्रहरीले भिड नियन्त्रण गर्न सकेको छैन ।
सो क्षेत्रमा प्रहरी तैनाथ भएपनि भिड नियन्त्रण गर्न सकेको छैन ।
घटनास्थल आसपास नारा बाज़ी लगाएर प्रदशन गरेका छन ।