सोमबार, बैशाख ०७, २०८३

जापानमा आज भारी हिमपात हुनसक्ने,सतर्क रहन आग्रह (भिडियोसहित..)

टोकियो । जापानका धेरै क्षेत्रहरुमा आइतबार भारी हिउँ पर्ने यहाँका मौषम अधिकारीहरुले जनाएका छन् । हिउँका कारण हुनसक्ने जोखिमका लागि सतर्क रहन उनीहरुले आग्रह समेत गरेका छन् ।

जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार शनिवार निगाता प्रिफेक्चरको जोएचु सहरमा १ दशमलब ३५ मिटर हिउँ जमेको थियो भने नागानो प्रिफेक्चरको एक गाउँमा १ दशमलव १५ मिटरसम्म हिमपात भएको थियो ।

मौषम अधिकारीहरुका अनुसार आगामी २४ घण्टाभित्र निगातामा थप १ मिटर र नागानोमा थप ८० सेन्टिमिटर हिमपात हुने अनुमान छ ।

पश्चिमी जापानका विभिन्न क्षेत्रहरुमा २० सेन्टिमिटर देखि ७० सेन्टिमिटर सम्म बाक्लो हिउँ पर्नसक्ने अनुमान छ । मौषम अधिकारीहरुले हिउँसंग सम्बन्धित दुर्घटनाहरुबाट जोजिन पनि सुझाव दिएका छन् ।

शुक्रबारदेखिनै चलेको चिसो हावाका कारण जापानका धेरै स्थानहरुमा चिसो निकै बढेको छ । शनिबार र आइतबार पश्चिमी र पूर्वी जापानका धेरै स्थानहरुमा भारी हिमपात हुनसक्ने अनुमान गरिएको छ ।