काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान र कानून भन्दा माथि कोही नभएको र सबै आ आफ्नो मर्यादामा बस्नुपर्ने बताउनु भएको छ ।
स्वीटजरल्याण्डको भ्रमणबाट फर्किनु भएका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बिमानस्थलमा शनिवार पत्रकार सम्मेलन गरी सो धारणा राख्नुभएको हो ।
‘भर्खरै स्वदेश फर्किएको छु, धेरै कुरा बुझेन बाँकी छ, तर यति भन्न चाहन्छ, संबिधान र कानून भन्दा माथि कोही पनि छैन, सबै आ आफ्नो मर्यादामा बस्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले संबैधानिकसंस्थाहरुको मर्यादामाथि आँच पुर्याउने काम कँही कतैबाट हुन नहुने पनि प्रष्ट पार्नुभयो ।
‘सम्वादबाट समस्याको समाधान गर्नूपर्छ, तर्क र तथ्यका आधारमा सम्वाद हुनुपर्छ, तथ्यमा आधारित भएका कुरा राख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो,‘आवेश,उत्तेजनामा होइन, देशको हितलाई सर्वाेपरी राखेर काम गर्नुपर्छ, संबिधान भन्दा माथि छु कानून भन्दा माथिछु भन्ने कसैले ठान्नु हुन्न ।
प्रधानमन्त्री ओलीले बिश्व आर्थिक मञ्चमा नेपालको पछिल्लो अवस्थाबारे प्रष्ट धारणा राखेको जानकारी दिँदै भ्रमणबाट आफू सन्तुष्ट रहेको बताउनु भयो । डा.गोबिन्द केसीका आरोपको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सवै संस्थाको सम्मान गर्दा मात्रै मलुकको हित हुने बताउनु भयो ।

