शुक्रबार, बैशाख १८, २०८३

कृष्ण ओलीलाई सहयोगको ओइरो,दुइ करोड जुटि सक्यो

काठमाडौं । करेन्ट लागेर दुई हात एक खुट्टा गुमाएका रुकुमका युवक कृष्ण ओलीलाइ सहयोगको ओइरो लागेको छ ।

ओलीलाई देश तथा विदेशबाट एक महिना भित्रै लगभग दुइ करोड रकम सहयोग जुटिसकेको र जुट्ने क्रम जारि रहेको जनाएको छ ओलीलाई अमेरिका बाट मात्रै ८५ लाख र हङकङबाट २५ लाख सहयोग प्राप्त भएको छ जापान,बेलाएत लगाएत् विभिन्न देशमा हाल ओलीको लागि सहयोग जुटिरहेको छ भने देशमा पनि सामाजिक संघ सस्था, गाएक कलाकार हरुले समेत उहालाइ सहयोगको लागि अपिल गरेका छन् ।

कृष्ण ओलीले करोडौ सहयोग पाइरहदा अरुहरुमा पनि सहयोग पाउने आशाका किरणहरु पल्लाउन थालेका छन् ।

देशमा अरु पनि थुप्रै कृष्ण ओलीहरु दर्दनाक अवस्थामा छन् । अहिले उनको जस्तै केस भएका केही व्यक्तिको कथा बाहिर आएको छ । कृष्णले पाएको सहयोग देखेर उनीहरुलाई पनि आशा जागेको छ ।

बैजनाथ–८ लुन्दी बाँकेका २३ वर्षीय बुद्धिमान कुँवरले भारतको सिमलामा कामको सिलसिलामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका थिए । उनको उपचारका लागि १२/१३ लाख खर्च भइसकेको छ भने कृत्रिम हातखुट्टा राख्न लाग्ने पैसा उनको क्षमताभन्दा बाहिर छ । उनको अपांगताले परिवारको विजोक भएको छ । उनले स्वदेश र विदेशमा रहेका नेपालीहरुसँग सहयोगको अपिल गरेका छन् ।

यसैगरी नेपाल विद्युत प्राधिकरणकै कर्मचारी हरिकाजी ढुंगानाले पनि कार्यालयको कामका सिलसिलामा करेन्ट लागेर दुई हात र एक गोडा गुमाएका छन् ।

नेर्पा ८ रामपुर, खोटाङका ढुंगाना प्राधिकरण खोटाङको वितरण शाखामा काम गर्थे । तार तान्नेदेखि पोल ठड्याउनसम्म उनको काम हुन्थ्यो । तार जोड्न पोलमा चडेका बेला ११ हजारको करेन्टले उनलाई लपेट्यो । त्यतिबेला उनी अढाई घन्टासम्म पोलमै झुण्डिएका थिए ।