शुक्रबार, चैत १६, २०८०

अनसनरत डा.गोविन्द केसीले मागे प्रधानमन्त्री ओलीको राजिनामा

काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो’ उनका सहयोगी जीवन क्षेत्रीले भने ।

डा. केसी १७ औं दिनदेखि अनसनरत छन् र उनको तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा. केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख गरिएको छ ।

डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।

डा. केसीका सहयोगी क्षेत्रीले सबै माग पुराभएको भन्ने सकार र सत्तारुढ दल नेकपाको दाबी खण्डन गरे । उनले भने, ‘सम्बन्धनसम्बन्धी बुँदामा जुन बुँदा थपिएको छ, त्यहाँ सरकारको बद्मासी झल्कन्छ । यसले मेडिकल शिक्षा सुधार हुँदैन ।