शुक्रबार, बैशाख १८, २०८३

कांग्रेसलाई जसले जिस्कायो, त्यो सकिन्छ : सांसद थापा

काठमाडौं । चिकित्सा शिक्षा विधेयक शुक्रबार विरोधका वावजुद संसदले पारित गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सरकारविरुद्ध सडक र सदन दुबैबाट आन्दोलन गर्ने उद्घोष गरेको छ ।

कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिएका छन् ।
कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिएका छन् । ‘समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ,संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘यसविरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ ।

थापाले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको घटना सरकारलाई महंगो सावित हुने दाबी गरे । ‘सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ’, युवा नेता थापाले चेतावनी दिंदै भने ।

प्रतिपक्षी दलको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले निषेधको राजनीति गरिहरेको पुष्टि गरेको उनको भनाइ थियो । ‘विधेयक पारित गरेर सरकारले संसदमा उभिरहेको प्रतिपक्षलाई त निषेध गर्छु भन्ने देशैभर एउटा सन्देश दिन खोजेको छ’, थापाले थपे,सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ ।
नेता थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी कांग्रेसलाई जालझेल गरेको आरोपसमेत लगाए ।