शुक्रबार, बैशाख १८, २०८३

कम्युनिष्टले दुई तिहाइको दम्भ देखाए सदन र सडकबाट विरोध गर्छौ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताउनुभएको छ । 

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सभापति देउवाले कम्युनिष्टले दुई तिहाइको दम्भ देखाएको बताउनुभयो । सभामुख तटस्थ हुनुपर्नेमा सभामुखले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाउनुभयो । 
सदनमा देखाएको दुई तिहाइको दम्भकाे सडकबाट जवाफ दिने उहाँले बताउनुभयो । 

सरकारको एकलौटी व्यवहारको विरोधमा नेपाली कांग्रेस अब देशैभर सडक संघर्षमा उत्रने उहाँले चेतावनी दिनुभयो ।