शुक्रबार, बैशाख १८, २०८३

राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा शाखा स्थापना

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औं वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।
जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभयो ।

बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।