बिहिबार, असार ०४, २०८३

मलेशिया सुल्तान अब्दुल्लाह नयाँ राजा निर्वाचित

मलेशिया । मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ। दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्लान मोहम्मद पञ्चमले केही हप्ताअघि अचानक पदत्याग गरेका थिए ।
मलेशियाको इतिहासमा आफ्नो कार्यकल पूरा नगर्ने उनी पहिलो राजा हुन्।

मलेशियामा संवैधानिक राजतन्त्र छ । तर राजाहरू दैनिक प्रशासनकमा संलग्न हुँदैनन्। नयाँ राजाले जेनुअरी ३१ मा राज्यारोहण गर्ने अपेक्षा गरिएको छ। उनले जेनुअरी १५ मा पहाङ राज्यको सुल्तानको पदभार ग्रहण गरेका थिए।

सुल्लान मोहम्मद पञ्चम गत नोभेम्बर महिनादेखि बिरामी बिदामा बसेका थिए । त्यही महिना उनले भूतपूर्व मिस मस्कोसँग रुसको राजधानीमा विवाह गरेको देखाउने तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भए।