शुक्रबार, बैशाख १८, २०८३

बन्द रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास

काठमाडौं । सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योगका कर्मचारीहरुलाई अनिवार्य अवकास दिने निर्णय गरेको हो । अवकास बापत पाउने सुविधा दिनुअघि बक्यौता बुझाउनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

गोरखा नगरपालिका-१३, मझुवा देउरालीमा रहेको रबर उद्योग २०७१ चैतदेखि बन्द छ ।