कानून विपरित कुनै पनि कार्यका लागि सरकारले सौदाबाजी गर्दैन : रक्षामन्त्री पोखरेल

मकवानपुर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आगामी चैत्र भित्रमा आवश्यक सबै कानुन निर्माण भईसक्ने बताएका छन् ।

पार्टी कार्यकर्ताहरुसँगको भेटघाट पश्चात हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले भने – कतिपय अवस्थामा कानुनी अड्चनले समेत सरकारलाई काम गर्न अपठ्यारो रहेको छ हामी आगामी चैत्र भित्रमा आवाश्यक कानुन निर्माण गर्छौ ।

डाक्टर गोविन्द के.सीका सबै मागहरुका विषयमा प्रतिवेदन आईसकेको र सोही अनुसार माग पूरा हुने उनले बताए । निर्मला हत्या र वाईडबडी विमानका विषयमा गरिएको अर्को एक प्रश्नमा पोखरेलले अनियमितता र कानून विपरित कुनैपनि कार्यका लागि सरकारले सौदाबाजी नगर्ने जीकिर गरेका छन् । सुरक्षा संयन्त्रको बैठकमा भाग लिन रक्षामन्त्री पोखरेल हेटौंडा आईपुगेका थिए ।

यसका लागि उच्चस्तरीय आयोग बनेकाले आयोगको प्रतिबेदन आएपछि मात्रै यस विषयमा बाेल्न सकिने धारणा व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया