शुक्रबार, बैशाख ०७, २०८१

सामुदायिक बिद्यालयमा अंग्रेजी, चिनियाँ, जापानी र फ्रान्सेली भाषा पढाई हुने

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकाले एक सामुदायिक विद्यालयमा आउँदो शैक्षिक शत्रदेखि चार भाषा पठन पाठन गराउने जनाएको छ । गाँउपालिकाले एक नमुना
सामुदायिक स्कुललाई छानेर नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी, चिनियाँ, जापानी र फ्रान्सेली भाषा पठनपाठन गराउने भएको हो ।

गाँउपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार सुरुमा कुनै एक विद्यालय छानेर भाषा पढाइने छ । र त्यसले सफल रुप लिएमा अन्य विद्यालयमा पनि भाषा पढाइने छ ।

त्यस्तै गाँउपालिकाले शिक्षकको अभावमा विद्यालयमा शैक्षिक गुणस्तर खस्किन लागेका भन्दै गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विज्ञापन खोलेर २६ बालविकास र प्राथमिक, १८ निमावि र १० माध्यमिक तह गरी ५४ जना शिक्षक नियुक्ति गरेको छ ।