बिहिबार, बैशाख ०६, २०८१

मुस्ताङको सुख्खा पहिरोले कालीगण्डकी थुनियो,सतर्क रहन आग्रह

मुस्ताङ । हिमालपारीको ज़िल्ला मुस्ताङमा घरापजोङ गाउँपालिका-१ मा खसेको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको छ।

बुधबार हावाहुरीले ढालेका रूख र सुख्खा पहिरोको ढुंगामाटो नदीमा परेपछि कालीगण्डकी थुनिएको हो।

‘भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको हो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘बिहानबाट खटिएको नेपाली सेना र प्रहरीको टोलीले रूख हटाएको छ। नदी बग्न थालिसक्यो। अब माटो फाल्न बाँकी छ। स्काभेटर मगाएका छौं।

बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले होसियार हुन अनुरोध गरेको छ।