शुक्रबार, बैशाख ०७, २०८१

स्विजरल्याण्डमा प्रम ओलीकाे सम्बोधन : नेपालमा ढुक्क भएर लगानी गर्नुस

डाभोस । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनितिक परिवर्तनबाट परिपक्व भैसकेकोले ढुक्क भएर लगानी गर्न विश्व समुदायसामु आग्रह गर्नुभएको छ ।

स्विजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक परिषद्को बैठकलाई  मंगलवार सम्बोधन गर्दा सो कुरा बताउदै दक्षिण एसियाको रणनितिक दृष्टीकोण  विषयक छलफलमा प्रधानमन्त्री ओलीले नेपालले आर्थिक र राजनितिक हिसावले अर्को चरणमा प्रवेश गरेको बताउनुभयो ।

 

उहाँले नेपालले बनाएको संघीय प्रणालीको संविधानले सुशासनसहितको विकास र सुखी नेपाली समृद्ध नेपालको कल्पना गरेकाले त्यसै अनुसारको काम भैरहेको बताउनुभयो ।

 

नेपालमा धेरै युवा जनशक्ति भएपनि देशमा आर्थिक विकासका गतिविधि कम हुँदा त्यसको सदुपयोग हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको खाँचो भएको बताउनुभयो ।