शुक्रबार, बैशाख १८, २०८३

सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला

क-कसले फारम भर्न पाउँछन्?

  • कम्तीमा एस.एल.सी पास गरेका वा सो बराबर शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन् 

के कस्तो तालिम लिन पाइन्छ?

  • बेसिक फुड प्रिपेरेशन (बेकरी)
  • फुड एण्ड बेभरेज सर्भिस (वेटर)

तालिम कति समयको हुनेछ?

  • दुवै तालिमहरू ३ महिनाको हुनेछन्।
  • बसोबासको व्यवस्था के हुने भन्ने कुरा सूचनामा खुलाइएको छैन। तपाईँले आवेदन दिनुभन्दा पहिला सोध्न नभुल्नुहोला।  

फारम भर्ने अन्तिम मिति कहिले हो?

  • यही मिति २०७५/१०/१५ गते भित्रमा फारम बुझाइसक्नु पर्नेछ

तालिम कहिलेबाट सुरु हुन्छ?

  • माघ महिनाको चौथो हप्ताबाट सुरु हुनेछ

के के कागजात चाहिन्छ?

  • स्पष्ट रूपमा भरिएको फारम 
  • २ वटा हालसालै खिचेको पासपोर्ट साइजको फोटो 
  • नागरिकताको फोटोकपी 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी 
  • प्रतिष्ठानको लेखाशाखामा फारम दरखास्त दस्तुर रु. ५००/- तिरेको रसिद 

कहाँ सम्पर्क गर्ने?

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान: ०१-४२७०६०५, ०१-४२७१०२८ 

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान: ०१-५५९०८०० 

इमेल: www.nathm.edu.np  

नोट: तालिममा विपन्न, आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पछाडि परेका क्षेत्रहरुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। तालिममा प्रयोगगात्मक कक्षाको लागि चाहिने लुगा र नाइफ सेटको व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्नेछ।

सूचना जस्ताको त्यस्तै: