काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् ।
डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् । केसी र भट्टराई दुवैले आ-आफ्ना आग्रह सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।
कुनै कमिकमजोरी रहेमा केसी जस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै लैजाने कुरामा ढुक्का हुन अनुरोध गरेका छन् ।

