शुक्रबार, बैशाख १८, २०८३

प्रचण्डकी पत्नी सीता दाहाल आईसीयूमा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’अस्पताल स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन् ।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। सीतालाई प्रेसर र सुगरको समेत समस्या छ।