शनिबार, बैशाख ०८, २०८१

रामेछाप जिल्ला सहकारी संघको अध्यक्षमा जगन्नाथ दाहाल चयन

मन्थली । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा जगन्नाथ दाहाल चयन भएका छन् ।
शनिबार सदरमुकाम मन्थलीमा भएको संघको १२ औँ वार्षिक साधारणसभामा उनि निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षमा भएको साधारणसभामा दाहालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ । निर्वाचित पदाधिकारीहरुमा क्रमश, उपाध्यक्ष शम्भु श्रेष्ठ, महासचिब नविन घिमिरे, कोषाध्यक्ष पार्वती पाठक चयन भएका छन् । त्यसैग्री सदस्यहरु लक्ष्मण प्रसाद घिमिरे, शिवराज श्रेष्ठ, रत्न नेवार, सुशिला थापा र सृजना बस्नेत रहेका छन् ।

त्यस्तै साधारणसभाले प्रज्ञान खड्काको संयोजकत्वमा सम्झना श्रेष्ठ र कृष्ण प्रसाद पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरको छ । लामो समयदेखि सहकारी अभियानमा लागेका दाहाल हाल नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष समेत रहेका छन् ।