नेपालको पहिलो समावेशी अवार्डको मनोनयन सार्वजानिक

काठमाडौं । नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ ।
पावर ईन्टरनेशनल मिडिया नेपाल प्रालिले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो ।

नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले गत वर्ष बाट यस किसिमको अवार्ड कार्यक्रमको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताए छिन् ।
विज्ञप्तीमा भनिएको छ “नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेका छौं ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त स्वदेशगान, गजल, चलचित्र, आधुनिक, पप, लोकगीत र लोकदोहारी) ७ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तामाङ, म्हेन्दो माया, काठे, राई, लगायत ६ भाषाको उत्कृष्ट ५ को छनौट गरी मनोनय सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।
खरेलले कार्यक्रमका निर्णायकहरुलाई धन्यवाद दिंदै भनेका छन् “पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय यागदान पु¥याउने विश्वास लिएका छ ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ मा नेपाली मुलभाषा तर्फ चलचित्र अन्तगर्त उत्कृष्ट स्वर, शब्द र संगीत छन् भने पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजक पक्षले बताएको छ ।
विभिन्न राष्ट्रिय भाषा तर्फ भने उत्कृष्ट गीत र भिडियो तर्फ उत्कृष्ट निर्देशक,मोडल महिला र पुरुष गरी ४ विधामा अवार्ड प्रदान गरिनेछ । यस वर्ष नेपाली मुलभाषा सहित नेपालमा वोलिने राष्ट्रिय भाषामा तैयार भएका गीतहरु गीतहरुलाई सर्वोत्कृष्टताको पुरस्कार दिईने छ भने, सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिने आयोजकले वताएकोछ । केही दिनमा एक कार्यक्रम गरि मनोनयनमा परेका सर्जकहरुलाई उत्कृष्ट मनोनयनको प्रदान पत्र प्रदान गरिने छ भने फाईनल कार्यक्रम यहि माघ २४ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने आयोजकले बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया