शुक्रबार, बैशाख १८, २०८३

आन्दोलनमा गइहाल्दा जनतालाई असर पर्छ भनेर तत्काल नहोमिएको : देउवा

पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको रबैयाले आन्दोलनमा जान प्रेरित गरिरहेको बताएका छन् ।
प्रहरी, कर्मचारी र अन्य सबै निकायमा सरकारले हस्तक्षेप गरेको भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको बताए । आन्दोलनमा गइहाल्दा जनतालाई असर पर्छ भनेर तत्काल नहोमिएको देउवाको टिप्पणी छ ।

शनिबार नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति गण्डकीले आयोजना गरेको प्रशिक्षण, सम्मान तथा परिचयात्मक वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले सेना र न्यायलयलाई समेत आफ्नो कब्जामा लिने प्रयास गरेको उनको आरोप छ । सरकारले सबै निकायलाई आफ्नो पार्टी अनुकुल बनाउने प्रयास गरे आन्दोलनमा उत्रने चेतावनी दिए । ‘शिक्षा विधेयक र कर्मचारी विधेयकमा सरकारको रबैया देखिएकै छ’ उनले भने, ‘यस्तै अवस्था रहे सडकमा उत्रनु पर्ने अवस्था आउन सक्छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले गिरिजा प्रसाद कोइराला श्वासपश्वास केन्द्र र सुशिल कोइराला क्यान्सर अस्पतालको नाम समेत सुन्न नचाहने सरकारले लोकतन्त्र नसहने बताए ।