काठमाडौं । स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको छ । उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।
सुरूमा डा. केसी आइसियुमा भर्ना हुन राजी थिएनन्। उनी पहिले आफू अनसन बसेको ठाउँमै जान चाहन्थे। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आइसियुमा बस्न राजी भएर आइसियुमा भर्ना गरिएको छ ।

