शुक्रबार, बैशाख ०७, २०८१

सिटी एक्सप्रेसको बम्पर उपहार विजेता घोषणा

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाअन्तर्गत सिटी एक्सप्रेसमनि ट्रान्सफर जापानबाट पैसा पठाइ मानबहादुर खत्री विजेता घोषित भएका छन् । बम्पर उपहारअन्तर्गत उनले १२ लाखको ‘लक्की ड्र’ मार्फत जितेका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहका बीच सिटी एक्सप्रेसको प्रबन्धनिर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सीताराम कट्टेलद्वारा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उक्त विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

उक्त उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रूपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरू विद्युतीय लक्की ड्र मार्फत विजेता छनोट गरिएको बताइएको छ ।