शनिबार, बैशाख ०८, २०८१

वेल्सन भारती उपचारार्थ १ लाख ६३ हजार सहयोग हस्तान्तरण

बनेपा । काभ्रे जिल्ला साविक पोखरी चौरी गाविस हाल चौरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज जापानले १ लाख ६३ हजार सहयोग हस्तान्तरण गरीएको छ ।
समाजले बिरामीको बुबाको अनुरोधमा सहयोग संकलन अभियान संचालन गरेको थियो। वेल्सन भाराती ६ बर्षकै कलिलो उमेरमा नै रक्त क्यान्सार जस्तो प्राणघातक रोगसंग लडिरहेको र परिवारको आर्थि अबस्था कमजोर भएकोले समाजले अभियान संचालन गरेको काभ्रेली समाजका अध्यक्ष समिर तामाङले जानकारी दिनुभएको छ। काभ्रेली समाजका उपाध्यक्ष छेवङ लामा र फोनिज अध्यक्ष तथा मातृ सन्देश डट कमका रिपोर्टर प्रमुख चसिला तामाङले भारतीको निवासमा पुगी नगद १ लाख ६३ हजार ८ सय ३० रूपैया हस्तान्तरण गरिएको हो ।
विरामी वेल्सन भारतीका बुबा सुरेन्द्र भारतीले बाबुको उपचारको लागि सहयोग गर्नुहुने सबैलाई सहृदयदेखि धन्यवाद दिदै सहयोगले एउटा बालकको ज्यान बचाउन ठूलो भूमिका खेलेकोमा ख़ुशी ब्यक्त गर्नु भएको थियो ।
साथै यस अभियानमा साथ दिनुहुने जापानमा रहनुहुने सम्पुर्ण महानुभाबहरूमा पनि काभ्रेली समाज जापानको तर्फबाट धन्याबाद व्यक्त गरेका छन, र आगामी दिनहरूमा पनि यसै गरि साथ सहयोग तथा सल्लाह सुझाबको पनि अपेक्षा व्यक्त गरेका छन ।