कोरिया । न्यु भिजन ग्रुप दक्षिण कोरियाको प्रथम अधिवेशन यहीँ जनवरि २७ तारिक हुने भएको छ।
संस्थाको सल्लाहकार समिति सहित बसेको पुर्ण बैठकबाट छिटै अधिबेशन गरेर संस्थालाई चुस्त दुरुस्त राख्दै सामाजिक क्षेत्रमा निरन्तर रुपमा अघि बढाउनुपर्ने निश्कर्ष सहित अधिवेशनको मिति निश्चित गरिएको हो ।
सस्थाका संम्योजक अनिश गुरुङको संम्योजकत्वमा बसेको पुर्ण बैठकले गत छुसकमा गरिएको “न्यु भिजन साङ्गितिक सौगात” भाग-१ को आय-ब्यय पनि सार्बजनिक गरेको छ । निरन्तर रुपमा सामाजिक कार्यमा लागी पर्दै आएको न्यु भिजनले गत साङ्गितिक कार्यक्रमबाट सङ्कलित रकम नेपालमा एनभीजीको उद्देश्य अनुरुप दुई चरणमा सहयोग हस्तान्तरण गरिएको छ ।जस मध्य,दृष्टिबिहिन हरुलाई सुचना र संचार क्षेत्रमा पहुच गर्ने अभिप्रायले सन्चालन गर्ने कम्प्युटर तालिमको लागी आबस्यक पर्ने ३ थान कम्प्युटर सस्थाका पूर्व सम्योजक हरी थपलियाको नेतृत्वमा अन्य NVG सदस्य हरुको उपस्थितिमा कार्तिक्-२ गते नेपाल नेत्रहिन संघको केन्द्रिय कार्यलय सुकेधारा काठमाण्डौं मा आयोजित एक बिशेष कार्यक्रमको बिच हस्तान्तरण भैसकेको छ भने दोश्रो चरण को कार्यक्रममा ५० थान छडि( दृष्टी बिहिनले प्रयोग गर्ने) खरिद गरी बितरणको लागी पुर्ण तयारिमा छ ।साथै उक्त एतिहासिक प्रथम अधिबेसनको दिन “न्यु भिजन साङ्गितिक सौगात” लाई सफल बनाउन तन,मन,बचन कर्म सगै आर्थीक अनि नैतिक रुपले सहयोग गर्नुहुने महानुभाव हरुलाई सम्मान कार्यक्रम पनि राखिएकोहुनाले सम्पुर्ण सहयोगी दाता,संघ-सस्थालाई हार्दिक धन्यबाद दिदै उक्त दिन उपस्थित भैदिनुहुन सस्थाका सन्जिब राईले आग्रह गर्नुभएको छ ।
प्रवासमा हाम्रो एकता,सामाजिक उत्तरदायित्व र समानतालाई मध्य नजर गर्दै उक्त एतिहासिक प्रथम अधिबेसन गर्न लागिएको हुनाले अधीबेसनलाईलाई सफल बनाईदिनु हुन सम्पुर्ण नेपाली दाजु-भाई दिदि-बहिनि,पत्रकार्,बुध्दिजिवि,ब्यवसायी एबम् विद्यार्थीहरुमा न्यु भिजनले हार्दिक अनुरोध गरेको छ ।

