शुक्रबार, बैशाख १८, २०८३

वाइडबडी खरीदमा अनियमिततामा संलग्न जोसुकै भएपनि कार्वाही हुनुपर्छ : महत

जाजरकोट,२ माघ । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरीदमा भएको अनियमिततामा संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पश्चिम रुकुमले मंगलबार चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले सरकारले दोषी उम्काउने कोसिस गरेको’ दावी गरेका छन्।

वाइडबडी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम जोडिएको विषयमा पत्रकारको प्रश्नमा महतले भने, ‘उहाँ माथि आरोप लागेको छ। छानबिन पछिमात्र यथार्थ कुरा बाहिर आउला। आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथि पनि कारवाही हुन्छ।
त्यसअघि सोमबार धनगढीमा भएको कार्यक्रममा देउवाले वाइडबडी प्रकरणमा आफूलाई नियोजित रुपमा बदनाम गर्न खोजिएको गुनासो गरेका थिए।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिदको अनुसन्धान गर्न गठन गरेको उपसमितिको प्रतिवेदनले ‘दोषी ठहर्‍याएकाहरूलाई उम्काउने कोसिस (सरकारबाट) भएको’ दावी गरे।

‘संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले दोषी ठहर्‍याईसकेपछि सरकारले पुनः अर्को छानबिन समिति गठन गरेर दोषी उम्काउन खोजेको छ। यसले संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको छ। अनियमिततामा संलग्नलाई कारवाही हुनुपर्छ।