शुक्रबार, बैशाख १८, २०८३

प्रदेश सरकारले तत्काल आफैं प्रहरी भर्ना गर्न नपाउने

काठमाडौँ, १ माघ । प्रदेश सरकारहरुले तत्काल आफैं प्रहरी भर्ना गर्न नपाउने भएको छ ।

संघीय संसदमा दर्ता भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’मा प्रहरी निरीक्षक र त्यसभन्दा तलका दर्जाका अधिकारीहरु मात्रै प्रदेशको सांगठानिक संरचनामा अटाउने उल्लेख छ । तर, यो पनि तत्काल भर्ना गर्न पाइनेछैन ।