काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी खरिद प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता छानबिन गरेपछि मात्रै थाहा हुने बताएका छन् ।
संसदीय दलको कार्यलय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वरिष्ठ नेता पौडेलले भने,‘वाइडबडी काण्डमा उहाँ (शेरबहादुर देउवा)को संलग्नता छानबिन गरेपछि थाहा हुन्छ ।’ वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाले धनगढीमा उक्त काण्डमा आफ्नो संलग्नता नरहेको बताएको समेत उल्लेख गरे । ‘धनगढीमा उहाँले म त छैन् भनेर भन्नु भा छ पौडेलले अघि भने बरिष्ठ नेता पाैडेलले डा.गोविन्द केसीले उठाएका माग पूरा गर्नुपर्ने बताए ।

