बिहिबार, असार ०४, २०८३

अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दु सांसद तुलसीले उम्मेदवारी दिने

अमेरिका । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् ।उनले डेमोक्रेटिक पार्टीको तर्फबाट इतिहासमै पहिलो पटक उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

अहिले उनको चर्चा चौतर्फी चलिरहेको छ । २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन ।