नेपालगन्ज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको बताउनुभएको छ । पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको र अराजकता मौलाएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी संस्थागत रुपले नचल्दा कम्युनिष्ठहरु हावी भएको बताउनुभयो । पार्टीलाई संस्थागत रुपमा चलाउने नेतृत्वको आवश्यकता रहेको बताउँदै उनले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको स्पष्ट पार्नुभयो ।

