शुक्रबार, चैत १६, २०८०

माधव ढुंगेल नेतृत्वको राष्ट्रिय युवा परिषद्ले ९ महिनामा गरेकाे कार्य प्रगति सार्वजनिक

काठमाडाैं । राष्ट्रिय युवा परिषदले ९ महिनाको कार्यकालको प्रगती बिवरण सार्वजनिक गरेको छ ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको नेतृत्वमा राष्ट्रिय युवा परिषद्ले ९ महिना अवधिमा गरेका महत्वपूर्ण कार्यहरुको फेहरिस्त प्रस्तुत गरिएको छ ।
श्रीलंकाको कोलम्बोमा दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पुर्‍याएको भन्दै अन्तर्राष्ट्रिय युथ कमिटीले ‘अन्तर्राष्ट्रिय युवा पुरष्कार -२०१८’ बाट समेत सम्मानित ढुंगेल नेतृत्वले सम्पन्न गरेका कार्यप्रगति २१ बूँदामा यस्ता छन् ।
१. युवा उद्यम कार्यक्रमको प्रभावकारिता सम्बन्धी अध्ययन गरिएको ।
२. प्रथम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरिएको ।
३. गुणस्तरीय, मौलिक र विपन्न वर्गको पहुँचमा आधारित नेपालको शिक्षा नीति निर्माणका लागि राष्ट्रिय शैक्षिक सम्मेलन भएको ।
४. विभिन्न ४० जिल्लाका २८० जना युवालाई अन्तर प्रदेशस्तरीय अवलोकन भ्रमण गराई युवा उद्यमशिलता र अनुकरणीय प्रतिभा तथा अनुभव आदानप्रदान गराइएको ।
५. ४०२ जना अपाङ्ग युवालाई सहयोग सामग्री वितरण गरिएको ।
६. मानव सेवाको भावना जागृत गराउन मानव सेवा आश्रम पोखरामा विभिन्न जिल्लाका ६१ जना युवाहरूलाई १३ दिने दिक्षान्त तालिम प्रदान गरिएको जसबाट मानव सेवातर्फ युवाहरू अभिप्रेरित भएका ।
७. ५१४ जना युवालाई लामो अवधिको र ३६८ जना युवालाई छोटो अवधिको सीप विकास तालिम प्रदान गरिएको ।
८. ४९ जना युवाले तालिममा आधारित उद्यम तथा स्वरोजगारका लागि बस्तुगत सहायता प्राप्त गरेका ।
९. ८ जिल्लामा १४२ जना युवालाई तालिम प्रदान गरिएको र लोपोन्मुख परम्परागत सिपका परिचय पुस्तिका तयार गरिएको ।
१०. ३०९ जना उद्यमीहरूलाई उद्यमशिलता र वित्तीय साक्षरता अभिवृद्धि तालिम प्रदान गरी उत्प्रेरित गरिएको।
११. युवा नेतृत्व विकासका लागि नेपालमा पहिलो पटक नमुना युवा संसदको अभ्यास गरिएको ।
१२. पुरस्कृत युवा प्रतिभा तथा युवा उद्यमीहरूको राष्ट्रिय सञ्जाल गठन गरिएको ।
१३. तराईका ११ जिल्लाका १८ वटा महिला उद्यम समूहका ३६० जना महिला उद्यमीका लागि कार्यक्रम सञ्चालन भएको ।
१४. युथपोर्टल निर्माण, वेबसाइटलाई परिमार्जन गरी द्वैभाषिक बनाई सञ्चालन गरिएको ।
१५. विदेशबाट नेपाल फर्केका युवाहरूको उद्यमशीलतातर्फ आकर्षण गर्न रिटर्नी माइग्रेन्ट नेपाल संस्था गठन र कार्यारम्भ गरिएको ।
१६. शैक्षिक प्रमाणपत्रका आधारमा ४७ जना शिक्षित बेरोजगार युवालाई प्रतिव्यक्ति रु. २ लाखको दरले उद्यम सञ्चालनको लागि ऋण सहयोग गर्न छनोट गरिएको ।
१७. १६५ वटा संघीय संसदीय निर्वाचन क्षेत्रमध्येका ७४ जिल्लाका १७४ वटा उद्यम समूह स्विकृत भई उद्यम कार्यक्रम सञ्चालन भएको ।
१८. ४७९७ जना युवालाई परामर्श सेवा प्रदान गरिएको ।
१९. उपराष्ट्रपति युवा पुनर्स्थापन कार्यक्रमअन्तर्गत सडकबाट उद्धार गरिएका २७१ जना युवालाई केन्द्रीय बालकल्याण समितिसँगको सहकार्यमा विभिन्न पुनर्स्थापना केन्द्रहरूमा पुनर्स्थापना, उपचार तथा सामाजिकीकरण र पारिवारिक पुनर्मिलनको लागी सहयोग उपलब्ध गराइएको।
२०. सडकमा रहेका जोखिममा रहेका सहयोगापेक्षी २०० जना युवाहरूलाई मानव सेवा आश्रमसँगको सहकार्यमा पुनर्स्थापन गरिएको ।
२१. गत वर्ष सिप विकास तालिम लिएका युवामध्ये २०० जनालाई स्वरोजगार तथा उद्यमशिल बनाउन सहयोग गर्न छनोटको प्रक्रिया सञ्चालन गरिएको छ ।