बिहिबार, बैशाख १३, २०८१

विजुलीको पोलमा फोटो झुण्ड्याएर नयाँ युग आउने होईन : श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले विजुलीको पोलमा प्रधानमन्त्रीको फोटो झुण्ड्याएर नयाँ युग नआउने बताएका छन् ।

उनले उक्त कुरा सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १७ को प्रथम वडा अधिवेशनको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले पञ्चायती शैलीमा आफ्नो गुणगान गराएकोमा आलोचना गर्दै भने, ‘त्यो खर्च उत्पादनशील क्षेत्रमा गरेको भए देशको समृद्धिका लागि थोरै भए पनि मद्दत हुन्थ्यो ।’प्रमुख अतिथि श्रेष्ठले भने, ‘अहिले आधा आधि समय बितिसक्दा पनि देशको विकास बजेट १५ प्रतिशत पनि खर्च हुन सकेको छैन, सोधनान्तर स्थिति पहिलाभन्दा कमजोर छ, निर्यातको तुलनामा आयात झनै बढेको छ । समृद्ध नेपाल सुखी नेपालीको कुरा भाषणमै सीमित भएको छ ।’

उनले काङ्ग्रेस र कम्युनिष्टले लिएको बाटोबाट देशमा समृद्धि नआउने कुरा इतिहास सिद्ध भइसकेको बताउँदै अब विकासका लागि ‘सङ्घीय समाजवादी बाटो’ अबलम्बन गर्नुपर्ने बताए । नेता श्रेष्ठले सङ्घीय समाजवादी फोरम सिद्धान्त, सङ्गठन र कार्यशैली सबै हिसावले नयाँ राजनीतिक शक्ति भएको बताउँर्दै अब नयाँ युगको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरे ।

अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समिति प्रमुख डा. महेश मान श्रेष्ठ, वैकल्पीक के. स. एबम् काठमाडौँ महानगरपालिकाका सहईन्चार्ज राधा कृष्ण महर्जन, नेवा सङ्घ अध्यक्ष एबम् जिल्ला उपाध्यक्ष श्री सत्य नारायण डंगोल, जिल्ला समिति सदस्य श्याम कृष्ण प्रजापति आदिले पनि आफ्नो शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा काठमाडौँ जिल्ला समितिका सचिव सुवर्ण श्रेष्ठ, उपसचिव प्रेम शिल्पकार तथा सदस्यहरू सृजन श्रेष्ठ, राजाराम तण्डुकार, सुरज महर्जन तथा श्री मंगल रत्न ताम्राकारको पनि उपस्थिति रहेको थियो ।
समितिका सदस्य लहना श्रेष्ठले सञ्चालन तथा उमा ताम्राकारले स्वागत गरेको उक्त अधिवेशनले क्रान्ति मालाकारको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।

समितिको पदाधिकारी

१. अध्यक्ष- क्रान्ति मालाकार
२. उपाध्यक्ष- पुष्पलाल नकर्मी
३. सचिव- लहना श्रेष्ठ
४. कोषाध्यक्ष- किशोर कनौजिया
५. सदस्य- पूर्ण लाल तण्डुकार
६. सदस्य- सुशान्त मान श्रेष्ठ
७. सदस्य- बल भाई पुजारी
८. सदस्य- गणेश लाल मघैया
९. सदस्य- नारायण प्रसाद मालाकार
१०. सदस्य- सन्तोष डंगोल
११. सदस्य- जनम महर्जन
१२. सदस्य- राजेन्द्र महर्जन
१३. सदस्य- सुरेश खड्गी