मङ्गलबार, बैशाख ०४, २०८१

वाइडबडी प्रकरणबारे पर्यटन अधिकारीले पत्रकार सम्मेलन मार्फ़त आफ्नो धारणा सर्वजनिक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पत्रकार सम्मेलन मार्फत वाइड बडी प्रकरणबारे आफ्नो धारणा सर्वजनिक गर्ने हुनुभएको छ ।

सवै पक्षसँग परामर्श गरेपछि माननीय मन्त्रीज्यूले वाइडबडी खरिद प्रकरणको यथार्था पाटो सार्वजनिकगर्न लाग्नुभएको हो
संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविनको नाममा चरित्रहत्या गरेपछि मन्त्री अधिकारीले आज पहिलोपटक पत्रकार सम्मेलन गरी वाइडबडी खरिदको सम्पुर्ण पाटो सार्वजनिकगर्न लाग्नुभएको हो ।

‘सवै पक्षसँग परामर्श गरेपछि माननीय मन्त्रीज्यूले वाइडबडी खरिद प्रकरणको यथार्था पाटो सार्वजनिकगर्न लाग्नुभएको हो,’पर्यटन मन्त्री अधिकारीकाप्रेससंयोजक ध्रुव अधिकारीले भन्नुभयो ।

पोखरेलका अनुसार मन्त्री अधिकारीले बाइड बडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ पत्रकार सम्मेलनमार्फत दिनुहुनेछ । साथै उहाँले बाइड बडीका बारेमा उठेका भ्रम चिर्नेगरी यथार्थ प्रमाणहरू सार्वजनिक गनूहुने पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार मन्त्री अधिकारीले पत्रकार सम्मेलनमार्फत यथार्था राख्न लागेपनि माफियाहरुले राजनामा दिने भन्दै चरित्रहत्या गर्ने अभियान चलाएका छन ।

पोखरेलका अनुसार पत्रकार सम्मेलनमा बाइड बडी खरिदको अनियमिततामा संलग्न भएको आरोपमा कारबाही सिफारिसमा परेका मन्त्रालयका सचिव कृष्ण देवकोटा, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक र वायु सेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्ष समेत सहभागी हुनेछन ।