शुक्रबार, बैशाख ०७, २०८१

यातायताका प्रमुखसहित ११ कर्मचारी जेल सजाय

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी,द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।