शुक्रबार, बैशाख ०७, २०८१

वाइडबडी बारे छानविन गर्न बनाएको आयोग देउवाको आशंका

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।

नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।

हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए । देउवाले भने,‘जो सुकै होस्, हम्रो पार्टीले छाड्ने छैन ।

सरकारले उद्योगी व्यापारीहरुलाई दुःख दिएको र करमाथि कर थोपरेको कांग्रेस सभापति देउवाको आरोप छ ।