शनिबार, बैशाख ०८, २०८१

सिर्जना वाचन डबली युएईको १५ औँ श्रृखला हुँदै

युएई । सिर्जना वाचन डबली युएईले १५ औँ श्रृखला तथा अंग्रेजी नयाँ वर्षको अवसरमा साहित्यिक तथा सांगीतिक शुभकामना सााझको आयोजना गरेको छ ।

गायक राज सिग्देल तथा चर्चित रेडियो प्र्रस्तोता अच्युत घिमिरे ‘बुलबुल’का साथमा ४ जनवरी शुक्रबार दुवईमा कार्यक्रम हुनेछ ।

क्लब एभरेष्ट बरदुबईको अस्टोरिया होटलको भवनमा हुने कार्यक्रममा यहाँ रहेका कलाकार तथा साहित्यकारको समेत प्रस्तुति रहने डबलीका अभियन्ता तथा कार्यक्रम संयोजक जे.सागर पराजुलीले बताए ।

सिर्जना वाचन डबली युएईको नेपाली साहित्यमा सकृय संस्था हो । हरेक दुई महिनामा एकपटक वाचन डबलीमा सर्जकहरु भेला भइ विभिन्न विधाका सिर्जनाहरु प्रस्तुत गर्दछन् । सोहीअनुसार १५ औँ श्रृखंलालाई साहित्य र संगीत विषेश बनाउन लागिएको आयोजकले जनाए ।

सर्जकहरु युएई आएको मौका छोपी डबलीले सम्मान तथा श्रवणका निमित्त डा.कृष्ण हरी बराल,कृष्ण जंग रायमाझी, कृष्ण प्रसाईं, नवराज पराजुली, बादल घिमिरे, विष्णु बाबु देवकोटा र मन्जु काचुली लगायतलाई आफ्नो स्टेजमा उभ्याइसकेको छ ।

आफै आयोजक रही सम्पूर्ण व्यवस्थापनमा भने युएईमा पहिलो साहित्यिक कार्यक्रम हुन लागेको संयोजक पराजुलीले जानकारी दिए ।