टोकियो । जनवरी ७ तारिक देखि लागु हुने गरि जापान बाहिर जाने व्यक्तिले अबदेखि १ हजार येन कर तिर्नुपर्ने भएको छ ।
हरेक व्यक्तिको १ हजार येन डिपार्चर कर लिने निर्णय भएसंगै जुनसुकै राष्ट्रका नागरिक भएपनि जापान बाहिर जाँदा यो कर तिर्नुपर्ने छ ।
जापान बाहिर जाने यक्तिले हरेक पटक देश छोड्दा यो रकम बुझाउनु पर्नेछ भने डिपार्चर कर हवाई भाडा, पानीजहाज र यात्रा शुल्कमाथि जोडिएर आउने बताइएको छ ।
यसरी उठाईएको रकम सन् २०२० मा हुने ओलम्पिक र प्यारा ओलम्पिकमा जापान आउने पर्यटकहरुका लागि आवश्यक सेवा, सुविधा बढाउन र सुधार ल्याउनमा तथा अन्य भौतिक संरचना बढाउनमा खर्च गरिने बताइएको छ ।
जापान आएको २४ घण्टामा जापान छोड्ने र २ वर्षमुनिका बालबालिका लागि भने यो कर लागू गरिने छैन । त्यस्तै आगामी सोमवारभन्दा अगावै टिकट लिइसकेका व्यक्तिहरुको हकमा पनि यो कर हालका लागि लाग्नेछैन ।
सो सम्बन्धि नीति जापानको ब्यवस्थापिका संसदले गत अप्रिलमा पारित गरेको हो ।
२०२० सम्म बार्षिक ४ करोड पर्यटक भित्राउने लक्ष लिएको जापानले सेवा ,सुविधालाई पनि उतिकै महत्वका साथ बढाउदैं लगेको छ ।

