काठमाडौं । वाइडबडी विमान खरिदमा ४ अर्बभन्दा बढ़ी भ्रष्टाचार भएको संसदीय छानविन समितिले ठहर गरी तीन मन्त्री र तीन सचिवलाई कारवाहीको सिफारिस गरेलगतै वर्तमान पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले भ्रष्टाचार गरेको भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् ।
वाइडबडी खरिद प्रक्रियामा भ्रष्टाचार भएको चौतफी चर्चा चलेपछि संसदको लेखा समितिले छानविन उपसमिति बनाएको थियो । कांग्रेस नेता तथा सांसद राजन केसीको नेतृत्वमा बनेको छानविन समितिले जहाज खरिद प्रक्रियामा तीन मन्त्री र तीन सचिवको संलग्नता रहेको भन्दै कारवाहीको सिफारिस गरेको छ ।
मंगलवार साँझ बसेको छानविन समितिको बैठकले बहालवाला मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्धय जीवनबहादुर शाही र जितेन्द्र देवमाथी छानविनका लागि अख्तियारमा लेखि पठाउने गरी प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । तर खरिद प्रक्रियाका बेला बहालमन्त्री दिलानाथ गिरीलाईलाई भने उन्मुक्ति दिने गरी छानविन समितिले प्रतिवेदन तयार गरेको छ ।
छानविन समितिले शंकाको घेरामा राख्दै वर्तमान मन्त्री अधिकारीलाई कारवाहीको सिफारिस गरेको छ । छानविन समितिले कारवाहीको सिफारिस गरेलगतै उनले वाइडबडी खरिद प्रकरणमा आफ्नो गल्ति भेटिए जस्तो सुकै कारवाही भोग्न तयार भएको बताएका छन् । ‘जहाज खरिद प्रक्रिया म मन्त्री बन्नुभन्दा अघिकै हो, म मन्त्री बनेको एक महिनाभित्र जहाज आएको थियो’मन्त्री अधिकारीले भने ‘यदि वाइडबढी खरिदमा मेरो गल्ति भेटिए, राजनीतिबाट सन्यास लिएर जोगी बन्छु मैले यस वारेमा पहिले पनी भनेको छू ।
छानविन समितिले तीन मन्त्री र तीन सचिवलाई दोषि ठहर गरिरहेका बेला मन्त्री अधिकारीले अख्तियार लगायत छानविन गर्ने निकायलाई आफुले सहयोग गर्ने बताए । ‘जहाज खरिद प्रकरणमा छानविन गर्ने निकायलाई सवै प्रकारको सूचना दिन र सहयोग गर्न तयार छु, यदी मेरो कहिँ कतै सानो गल्ति भेटिए म पदबाट त के राजनीति नै छोड्न तयार छु’, मन्त्री अधिकारीले भने ।
उनले जहाज खरिद प्रकरणमा आफुलाई दोषि देखाउन पार्टीभित्र र बाहिरको केही समुह सक्रिय भएको बताए । ‘सामाजिक सञ्जालदेखि पार्टीका बैठकसम्म हेर्ने हो भने पार्टीभित्र र बाहिर केही समुह मेरा बिरुद्ध सक्रिय छ’उनले भने ‘मैले गल्ति नगरेको हुँदा कुनै डर छैन ।

