शुक्रबार, बैशाख ०७, २०८१

सरकारले फेरी घटायो इन्धनको मुल्य, प्रतिलिटर २ रूपैयाँ समायोजन

काठमाडौं । सरकारले इन्धनको मुल्य फेरी समायोजन गरेको छ । मुल्य समायोजन भएपछि जनताले पुन राहात पाउन थालेका छन् । पछिल्लो पटक इन्धनको मुल्य निरन्तर घट्न थालेको छ ।
नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रूपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । यसअघि पेट्रोल ११० रुपैया र डिजेल र मट्टितेल ९७ रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।