शुक्रबार, चैत १६, २०८०

श्री ग्राम प्रकाश आधारभुत बिधालयलाई जापानी सहयोग

पोखरा । कास्की पोखरा २९ हेमजा स्थित ग्राम प्रकाश आधारभुत बिधालयलाई नेपाल जापान एजुकेशनल सपोर्टले शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बिधालयलाई नेपाल जापान एजुकेशनल सपोर्टले १-१ थान कम्प्युटर,प्रीन्टर ,फोटोकपि,स्पिकर औपचारिक कार्यक्रम बिच जापानीज प्रतिनिधी हिरोशी यामासिता संथाका चिफ राजेन्द्र थापा,प्रोग्राम कोर्डिनेटर सुनिल हिराचन ,संथाकै प्रतिनिधी बिपिन आमात्यले संयुक्त रुपमा बिधालयका प्रअ मनोहरी तिम्सिनालाई हस्तान्तरण गर्नु भएको थियो ।
गरिब तथा बिपन्न बर्गका बिधार्थीहरुले अध्ययन गर्दै आईरहेका उक्त बिधालयका १५५ जना बिधार्थी भाईबहिनीहरुलाई स्टेशनरी सामग्रीहरु बितरण गरियो । बिधालयका बिद्यार्थीहरु आयुष्मा अचार्य,सुमित मल्ल,तिर्सना जिसीले रमाईलो नृत्य प्रदर्शन गरेका थिए । सो कार्यक्रममा अमर बहादुर कुवरले पनि मन्तब्य दिनु भएको थियो । बिधालय ब्यबस्थापन समितीका अध्यक्ष नगेन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रअ मनोहरी तिम्सिनाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने शिक्षक प्रेम बहादुर कुवरले कार्यक्रम संचालन गर्नु भएको थियो ।