Nepali date


शुक्रबार, भदौ ६, २०७६

राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिमा तिन जना मनोनित

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिमा नारायण सापकोटा, चन्द्र खड्का र लोक दोहोरी गायिका सुनिता दुलाललाई सदस्यमा मनोनयन गरेको छ ।
आइतबार काठमाडौंमा वसेको राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिको बैठक केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा बसेको बैठकले मनोनित गर्ने निर्णय गरेको गपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो ।
तीन जना सदस्यहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै सु सम्पन्न भएको बैठकमा उपस्थित हुनुहुने केन्द्रिय पदाधिकारीहरु सदस्यहरु प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुको उपस्थिति भई विवरण पस्तुत भएको थियो ।
महत्त्वपूर्ण ब्यक्तिहरुलाइ पछि मनोनीत गर्ने गरि हाललाई ३ जनालाई मनोनीत गरियो । जस अनुसार निबर्तमान केन्द्रिय सदस्य नारायण सापकोटा ,निबर्तमान सचिब चन्द्र खड्का र लोक दोहोरी गायिका सुनिता दुलाललाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया