Nepali date


बिहिबार, फाल्गुन ८, २०७६

किरात राई यायोख्खा जापानको साँस्कृतिक कार्यक्रम सम्पन्न(फोटोफिचर)

http://japanremit.com/
टोकियो । किरात राई यायोख्खा जापानले भुमि पुजारी किरातीहरुको महान पर्व उधौलीको अबसरमा किरात वर्ष यलेदोङ ५०७८ टोकियोमा सम्पन्न गरेको छ ।
आईतवार वारकाडे हलमा नेपालको आदिवासी किरात समुदायको महान चाड उधौली पर्वको अवसरमा भब्यतापूर्वक उधौली साकेला कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कायएक्रममा,बिशेष अतिथि ओम गुरुङ ,अतिथिहरु नेपाल पत्रकार महासंघ जापानका कार्य सदस्य शान्त पहरी,नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा,तमु धी जापान अध्यक्ष अनिता गुरुङ ,नेपाल मगर संघ जापान अध्यक्ष नबिन थापा मगर लगाएतको रहनु भएको थियो ।

आफ्नो मौलिक साँस्कृतिक चाड पर्व मनाएर संरुक्षण, सम्बर्धन गर्दै यस प्रकारका कार्यक्रमहरु नेपालीविचमा प्रवासमा गर्नु चुनौती भए पनि सम्पन्न गरेकोमा जनजाति महासंघ जापानका अध्यक्ष लिम्वु प्रसंशा गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: