मङ्गलबार, भदौ १६, २०८३

निर्मला परिवारलाई न्यायको माग गर्दै विवेकशील साझाको प्रदर्शन

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन गरेको छ।
‘न्याय मर्न नदिऔं,सत्य हार्न नदिऔं’, ‘न्यायको खोजिमा निर्मलाहरु’ लेखिएको ब्यानहरु सहित सहभागीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

उनीहरुले कैयौं निर्मला समेत न्यायको पर्खाइमा रहेकाे बताउँदै सरकारले अझै महिला हिंसा रोक्न, बलात्कारका घटना हुन नदिन ठोस कदम नचालेकोमा विराेध जनाए।