एजेन्सी । फिलिपिन्समा ६ ।९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११:३९ बजे भूकम्प गएको हो ।
भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६ ।९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

