शुक्रबार, बैशाख १८, २०८३

मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीको घोषणा

http://japanremit.com/
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिकासको लागि रफ्तारमा अगाडी बढ्ने बताउनु भएको छ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब जनता निरास हुनु पर्ने अवस्था नरहेको बताउनु भएको हो ।
चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा गर्ने ओलीले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको दाबी गर्नु भयो ।
कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्षभित्र गर्ने महत्वकांक्ष योजना बनाएका प्रधानमन्त्रीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै बिकासको लागि रफ्तारमा अगाडी बढेको बताउनु भयो । विश्वले सोचे भन्दा तिब्र गतिमा बिकास र आर्थिक बृद्धि नेपालले गर्ने दाबी गर्नु भयो ।
संविधान कार्यान्वयनका लागि सरकार अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार सफल भएको जिकिर गर्नु भएको थियो ।