शुक्रबार, बैशाख १८, २०८३

सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा

ललितपुर । पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनद्धारा उद्घाटन गरिएको उक्त चित्रकला प्रदर्शनीमा सरुनादेवी महर्जनका लाईट नाम गरेका १४ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । महर्जनका चित्रहरु महिला संवेदनामा आधारित रहेका छन् । आफ्ना चित्रबाट महिलाले गरेका दुःखबाट संसार चलेको चित्रण गर्ने प्रयास गरेको चित्रकार महर्जनले बताइन ।

यसैगरि चित्रकार रिया बज्राचार्यको एकल प्रदर्शनीमा पनि १४ वटै चित्रहरु प्रदर्शनीमा राखिएका छन । जीवनका उमंग र उत्साह भर्ने चित्रहरु कोर्ने गुण रहेको बज्राचार्यको चित्रहरुमा देख्न सकिन्छ । आफ्ना चित्रहरुबारे बज्राचार्यले भनिन्, “मैले कोरेका सबै चित्रहरु विभिन्न फुलसँग सम्बन्धित हुनुको कारण भनेको मैले जीवनमा देखेका आशा हुन्, त्यही आशालाई फुलका मार्फतबाट देखाउने प्रयास गरेको छु ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै आयोजक संस्था योङ् पिकासोका निर्देशक अजय देशारले नयाँ पुस्ताका चित्रकार उत्पादन गरी चित्रका मार्फतबाट प्रतिभा प्रस्फुटन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताएँ । पत्रकार महासंघकी केन्द्रीय सदस्य मिरा राजभण्डारीले महिलाको क्षमता विकासमा कलाकारितको महत्व रहेको बताइन् ।

ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले कलाको विकासमा सधै सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

चित्रकार,कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थितिमा उद्घाटन भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।