शुक्रबार, बैशाख ०७, २०८१

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु,सरकार र विपक्षीबीच जुहारी

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकार र प्रमुख विपक्षीबीच जुहारी चलेको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको पूर्वाधार निर्माण गरेको भन्दै सरकारको बचाउ गरेका छन् भने विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार शान्ति सुरक्षा दिन असफल भएको टिप्पणी गरेका छन् ।

निकै लामो सम्बोधन गरेका प्रचण्डले सरकारको बचाउ गरे । एक समय सपना जस्तो रहेको चीन र भारतको रेल अब विपना हुने सुनिश्तित भएको र विकास तथा समृद्धि निर्माणको पूर्वाधार बनाउको भन्दै उनले सरकारको बचाउ गरे ।

वर्षा अगाडिसम्म जताततै मास्क लगाएर हिँडेको देखेको र मास्क लगाउनु बाध्यता जस्तो देखिएको भन्दै उनले भने, ‘अहिले मास्क लगाउने जनसंख्या घटेको देख्छु । संविधान कार्यान्वयन सत्ता र प्रतिपक्ष दुबैको जिम्मेवारी भएको भन्दै उनले संविधान कार्यान्वयनका क्रममा ऐन कानुन बनाउन सहमति र सहकार्य आवश्यक रहेको बताए ।

प्रचण्डपछि बोलेका प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवाले सरकारको चर्को आलोचना गरेका छन् । समस्या पर्ला भनेर प्रचण्डले राम्रो कुरा मात्र गरेको भन्दै उनले भने, ‘शान्ति सुरक्षाको अवस्था के छ भन्ने सबैलाई थाहा छ । निर्मला हत्याकाण्डमा दोषीहरुलाई सरकारले नै बचाउने खोजेको हो कि भन्ने आशंका उनले छ । हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै उनले भने, शान्ति सुरक्षा दिन नसक्ने सरकारले यो गर्‍यो, उ गर्‍यो भन्न मिल्छ ?

सरकारको पहिलो काम नै शान्ति सुरक्षा दिनु भएको तर, त्यसमा असफल भएको उनले बताए । ‘सरकार नै छैन जस्तो भइरहेको छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

संविधान संशोधनको मुद्दा विर्सिएको, संघीयता कार्यान्वयनमा उदासिता देखाएको, डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन भएको उनको विश्लेषण छ । संक्रमणकालीन न्यायमा सघाउन आफ्नो दल तयार रहेको तर तत्कालीन द्वन्द्वरत पक्ष मध्ये एक रहेका प्रचण्डले सम्बोधनका क्रममा एक शब्द नबोलेको भन्दै उनले भने, ‘उहाँलाई नै चिन्ता रहेछ । उच्चारण समेत गरेनन् । द्वन्द्व पीडितहरुलाई जे सुकै होस्, आफू सरकारका पुगेपछि कसैको माया छैन ।

केपी शर्मा ओलीले नै झुटो प्रचार गरेको र आफ्नो नेतृत्वको सरकारले गरेका कामलाई समेत आफ्नो भनेर प्रचार गरेको भन्दै देउवाले सरकारको आलोचना गरेका छन् ।