मङ्गलबार, बैशाख ०४, २०८१

एनआईसी एशिया बैंकको नयाँ शाखा इटहरीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित पचरुखी शाखाको उद्घाटन गरिएको छ । एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले शाखाको उद्घाटन गरे ।

Dish Home
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।