कटारी । उदयपुर कटारी वडा नम्बर १४ लेखानीको श्री चन्द्रावती माध्यमिक बिधालय र साझा समाज लेखानीको संयुक्त आयोजनामा पुस्तकालय समुद्घाटन गरिएको छ ।
जिल्ला शिक्षा कार्यलयको अनुदान र भुतपुर्व बिधार्थीहरुद्वारा गठित साझा समाज लेखानीको सहयोगमा भएको हो । कार्यक्रममा उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितीका अध्यक्ष काशीराज दाहाल र कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ बाट उद्घाटन गरिएको छ । प्रमुख अतिथिले पुस्तकालयको महत्त्व प्रष्ट पार्दै सकरात्मक सोचको बिकाश भएको र पुस्तकालयले बौद्धिक बिकास गर्ने भएकोले यस पुस्तकालयको निम्ति परिकल्पना गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ र नगरपालिका प्रमुख पुस्तकालय संचालन गर्न उहाको कार्यकाल भरी बार्षिक तीन लाख बचेट वचन प्रतिबद्धताका साथ छुट्याउनु भएको छ र बिधालयको भौतिक बिकास को लागि दस लाख योजना प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा भुतपुर्व प्रधानध्यापकहरु ,बिधालय ब्यवस्थापन समितिका भुतपुर्व अध्यक्षहरु लगाएत समाजसेवी हरुलाई दोसला र सम्मान पत्र दिएर सम्मान गरिएको छ साथै बिधालयलाई सहयोग गर्ने सबैलाई प्रमाणपत्र दिएर सम्मान गरिएको छ । र पुस्तकालयको लागि सहयोग अभियानमा देश बिदेश बाट भुतपुर्व बिधार्थीहरुले पाच लाख सन्ताउन्न हजार छ सय बीस रुपैया उठेको र पुस्तक खरिद र बिधालयललाइ बिभिन्न सामान सौजन्य खरिद गरेर कार्यक्रमको सम्पूर्ण खर्च साझा समाजले गर्दै बाकी रकम एक लाख एकानब्बे हजार आठ सय बैसठ्ठी रुपैया पुस्तकालय कै लागि प्रयोग हुनेगरी साझा समाज लेखानीका अध्यक्ष पेशल कुमार खप्तरी मगरले बिधालयलाइ हस्तान्तरण गरिएको छ । यसै कार्यक्रम अन्तर्गत जापानमा रहनुहुने कृपण दाहालले एक बिधालयको लेखालाई एक पुस्तकालयलाई र तीन बिधार्थीको सिकाईको लागि गरि पाच थान ल्यापटप उहाको बुवा कृष्णप्रसाद दाहालबाट बिधालयलाई हस्तान्तरण गर्नुभएको छ । जापानमै रहनुहुने मन कुमार जोशीले प्रिन्टर सहितको फोटोकपी मेसिन सहयोग उहाको बुवा नारायण भक्त जोशीले बिधालयलाई हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा शिक्षकहरु,अभिभावकहरु भुतपुर्व बिधार्थी र अध्यनरत बिधार्थीहरु लगाएत लेखानी बासिको बाक्लो जनमानस उपस्थित थियो ।
यश कार्यक्रम को भुतपुर्व बिधार्थीहरुले लागि फेसबुक अनलाइन साझा समाज गठन गरि अनलाइन मार्फत सहयोग संकलन गरेको थियो ।

