जापान । जापानको तोचिगी केनको एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ६ जना नेपालीहरु घाइते भएको छ ।
पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आइतबार राती साडे १२ बजेको समयमा सुरु भएको आगलागी विहानमात्र नियन्त्रणमा आएको प्रहरी जनाएको छ । के कति कारणले आगलागी भयो भन्ने प्रहरीले जाँच गरिरहेको छ ।
घाइतेहरुको अनुहार जलेको र २९ बर्षिय एक पुरुषको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीका अनुसार आगलागीको समयमा वरपरका वासिन्दाहरुले ठूलो विस्फोटको आवाज र सिसाहरु फुटेको सुनेका थिए ।
खास के कारणले आगलागी भएको हो भन्ने एकिन नभएपनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै बिस्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान छ ।
@ आसाही टेलिभिजन

