मङ्गलबार, बैशाख ०८, २०८३

जापानका सम्राटको जन्मदिनमा नेपालका राष्ट्रपतिको शुभकामना सन्देश

टोकियो । जापानका सम्राट ओकिहितोको ८५ औ जन्मदिनको अवसरमा नेपालका राष्ट्रपति विद्या देवी भण्डारीले एक शुभकामना सन्देश पठाउनु भएको छ ।
ओकिहितोको सुस्वस्थ,दीर्घायु र समृद्धिको कामना गर्दै जापानी जनताको प्रगति तथा उन्नति र कल्याणको कामना समेत राष्ट्रपति भण्डारीले पठाउनु भएको सो शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले उक्त सन्देशमा नेपाल र जापान दुई देशको जनताबीच सदियौ देखी रहदै आएको सम्बन्ध आगामी दिनमा सवल र सुदृढ़ हुने विश्वाससमेत गर्नु भएको छ ।

अकिहितोको जन्म २३ डिसेम्बर १९३३ मा पिता हिरोहितो र माता कोजुनको कोखबाट जापानको राजधानी टोक्योमा भएको थियो । सम्राट ओकिहितो जापानका १२४ औं सम्राट हुन ।